तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफलको तयारी

559
shares

काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।

हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल हुने प्रचण्डका सचिवालयले जनाएको छ ।अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आइतबार साँझ काठमाडौँ फर्किँदैछन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले टीआरसी बाहेक अन्य विषयमा भने छलफल नहुने बताए ।

‘प्रधानमन्त्रीज्यूले संसदमा पनि प्रमुख प्रतिपक्ष दलको नेतासँग सम्पर्क हुन नसकेको भन्नुभएको छ । टीआरसीको विषयमा प्रधानमन्त्रीको सचिवालयसँग हामी नियमित सम्पर्कमै छौँ । प्रचण्ड अभियानको क्रममा जिल्लामा व्यस्त हुनुभएको हुनाले भेट हुन नसकेको छ । उहाँ काठमाडौँ आएपछि टीआरसीको विषयमा शीर्ष नेताहरूबिच छलफल हुन्छ । तर राष्ट्रिय सहमतिको सरकारको विषयमा छलफल हुँदैन । हामीले स्पष्ट भनिसकेका छौँ २०८४ सम्म सरकारमा जाँदैनौँ’, आचार्यले स्पष्ट पारे ।ओलीका सल्लाहकार अग्नि खरेलसँग पनि टीआरसीको विषयमा मात्र छलफल भएको जिकिर गरे । उनले वर्तमान सरकार गिराउने वा सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे ।

चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए । ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

यस विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक–पटक प्रयास गर्दा ‘स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको’ भन्ने जवाफ पाएको सदनलाई जानकारी गराएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports