नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीको पूर्ण समर्थन

1.2K
shares

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्।

सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो ।सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।अबदेखि राजधानी केन्द्रित राजसंस्था पुनःस्थापना सम्बन्धी हरेक आन्दोलन र प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पूर्ण समर्थन र सहकार्य रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ।

‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports