नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान : सभापति देउवा

1.09K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन् ।

गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताए । उनले भने, ‘म पार्टी सभापति हुन गिरिजाबाबुको ठूलो योगदान छ । म पार्टी फोडेर हिडेको मान्छेलाई पार्टीमा फेरि मिलौ नभनेको भए म कांग्रेसका सभापति हुने थिइन् होला । बोलाएर भनेपछि हामीले पार्टी एकीकरण गर्‍यौ । र, अहिले सभापति बन्न पाए ।’

देउवाले आफ्नो र गिरिजाको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । कोइराला र म बीच धेरै उतारचढाव छन् । कोइरालाले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोले । फेरि मिलौ भन्नुभयो मिल्यौँ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports