linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल : बेग्लुरूको पहिलो हार

871
shares

इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरूले पहिलो हार ब्यहोरको छ।

गएराति बेंग्लुरू घरेलु मैदानमै गुजरात टाइटन्ससँग ८ विकेटले पराजित भएको हो।बेंग्लुरूले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टाएको हो।त्यस क्रममा जोश बट्लर ७३ र शर्फेन रथरफोर्ड ३० रन बनाउँदै नट आउट रहे। बट्लरले ३९ बलमा ५ चौका र ६ छक्का हाने। रथरफोर्डले १८ बलमा १ चौका र ३ छक्का हाने।

त्यसअघि ओपनर साई सुदर्शनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरी ४९ रन बनाए। शुभमन गिल १४ बलमा १४ रन बनाएर आउट भएका थिए।बलिङमा बेंग्लुरूका भूवनेश्वर कुमार र जोश हेजलउडले १/१ विकेट लिए।पहिले ब्याटिङ गरेको बेंग्लुरूले ८ विकेट गुमाएर १६९ रन बनाएको थियो।

बेंग्लुरूका लियाम लिभिङस्टोनले ४० बलमा १ चौका र ५ छक्का हानेर ५४ रन बनाए।जितेश शर्माले ३३, टिम डेविडले ३२ र फिल सल्टले १४ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके।बलिङतर्फ गुजरातका मोहम्मद सिराजले ३ र साई किशोले २ विकेट लिए। त्यस्तै अर्शद खान, प्रशिद्ध कृष्ण र इशान्त शर्माले १/१ विकेट लिए।

बेंग्लुरूले सुरूवाती दुई खेलमा कोलकाता र चेन्नईलाई पराजित गरेको थियो। गुजरातको यो दोस्रो जित हो। पहिलो खेलमा पञ्जाबसँग पराजित भएको गुजरातले दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई हराएको थियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports