विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समातिएको २५ करोडका मालिक माओवादीका नेता पौडेल रहेको खुलासा

1.07K
shares

काठमाडौंको टोखास्थित झोरमा ट्रकभित्र भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका नारायण पौडेल रहेको अनुसन्धानबाट खुलेको छ ।

राजश्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानमा पौडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी मागिसकेको छ । पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए ।गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् ।

लामाले ट्रकमा फल्स बटम बनाएर अमेरिकन डलर र युरो लुकाएर लैजाँदै थिए । विभागका एक अनुसन्धान अधिकृतका अनुसार उक्त रकम पौडेलले दिएको खुलेको छ ।विभागले लामाको मोबाइल डीएफएल गरेर हेर्दा उनले अन्तिम पटक पौडेललाई नै कल गरेको देखिन्छ । स्रोतका अनुसार विभागले प्रहरीलाई पत्राचार गरी पौडेललाई पक्राउ गरेर बुझाउन भनेको छ ।

विभागले उक्त ट्रकको फल्स बटम बनाइएको ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा समेत गएर अनुसन्धान गरेको थियो । विभागका अनुसार लामाले पौडेलसँग आफू सम्पर्कमा रहेको स्वीकार गरेका छन्।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports