सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सञ्चारमाध्यम र सञ्चारकर्मी माथी हमला गर्नेलाई हदै सम्मको कारबाही हुन्छ : गृहमन्त्री लेखक

611
shares

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले बुधबार मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए।“तीनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो”, गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ।”

उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानविन गरी दोषी पक्षलाई कारवाही गरिने बताए।यसैगरी तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषयमा गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको बताए।

सो अवसरमा महासचिव दाहालले तीनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चारगृहमाथि हमला भएको घटनाको निष्पक्ष छानविन गरी दोषी पक्षलाई हदैसम्मको कारवाही गर्न अनुरोध गरेकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports