linktrix Long Ad
Salt Trading Long Ad

नेपाल हिन्दू राज्य नै हुनु पर्दछ : कांग्रेस नेता गिरी

1.34K
shares

नेपालगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले नेपाल हिन्दु राज्य हुनुपर्ने बताएका छन्। काठमाडौंबाट दाङ जाने क्रममा नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले विगत होस् कि अहिले हिन्दु राज्यका लागि जनमत रहेको बताए। ‘विगतमा पनि जनताले हिन्दु राज्यका लागि राय दिएका थिए।

त्यो रायको पोको नै खोलिएन, गिरीले थपे, अहिले पनि अधिकांश जनता हिन्दु राज्यको पक्षमा छन्। नेपाललाई हिन्दु राज्य बनाउनु पर्छ।’ उनले राजसंस्था पुनस्र्थापना भने अलि टाढा रहेको दावी गरे।गिरीले अहिले जनता राजाका लागि नभई हिन्दु राज्यका लागि सडकमा उत्रिएको बताए। वर्तमान सरकार गठन हुँदा नै संविधानमा सुधार गर्ने भनिएपनि अहिले त्यो काममा अगाडि नबढिएको बताए।

उनले तत्काल नै संविधानमा सुधार गर्नुपर्ने बताए। संविधानमा सुधार गर्दा प्रदेशलाई बलियो बनाउनु पर्ने गिरीको भनाई थियो। गिरीले केही दिनअघि मात्रै संसदमा हिन्दु राज्यको पक्षमा मन्तब्य राखेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports