kumari
stcnepal

आन्दोलनरत्त शिक्षकहरूले सठ्ठी फुक्दै गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ । प्रदर्शनको चौथो दिन आन्दोलनरत शिक्षकहरुले आज सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्‍यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन् ।त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ । उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।

footer