विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफगानिस्तानसँग १ रनले पराजित हुँदै अन्तिम खेल अघिनै नेपालले गुमायो सिरिज

754
shares

काठमाडौँ – काठमाडँको मुलपानी क्रिकेट मैदानमा नेपाल र अफगानिस्तान यू-१९ टिमबीचको तीन खेलको एकदिवसीय सिरिज अफगानिस्तानले अन्तिम एक खेल बाँकी हुँदै जितेको छ। अन्तिम ओभरको रोमाञ्चक क्षणमा नेपाली खेलाडीले गल्ती गर्न पुग्दा नेपाल पराजित हुन बाध्य भयो।

आइतबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रनले स्तब्ध बनायो। अन्तिम ३ बल बाँकी हुँदा नेपाललाई जितका लागि २ रन आवश्यक थियो।अन्तिम ओभरको तेस्रो बलमा नेपाली खेलाडी ध्रुव सोनार बोल्ड भएका थिए तर उक्त बललाई अम्पायरले नो बलको इसारा गरे पनि नेपाली खेलाडी सोनारले अम्पायरतिर हेर्दै नहेरी क्रिज छाड्न पुग्दा अफगानी खेलाडी खालित अहमदजाइले रनआउट गरे। जसका कारण नेपाल जितनजिक पुगेर पराजित भयो। जितसँगै अफगानिस्तानको युवा टिमले सिरिज २-० ले जितेको हो।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो। उसका लागि कप्तान महबुब खानले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहुल्लाह अरबले २७ रन बनाएका थिए।त्यस्तै, उजारुल्लाह नियाजाइले १९ रन बनाउँदा खालित अहमजाइले १० रन बनाए। त्यस्तै, नाजिफुल्लाह अमिरीले १६ रन बनाउँदा खाइत्री स्टिकजाइले ११ रन बनाएका थिए।नेपालका लागि सन्तोष यादवले ३ विकेट लिँदा विपिन शर्मा र सिव्रिन श्रेष्ठले समान २-२ विकेट हात पारे। त्यस्तै, अभिषेक तिवारी र अप्राजित पौडेलले १-१ विकेट लिए।

१ सय ६९ रनको मध्यम स्कोर पछ्याएको नेपाल ४९.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो। नेपालका लागि ओपनर साहिल पटेलले ६४ रनको अर्धशतकीय इनिङ खेले पनि टिमको हार टार्न पर्याप्त रहेन। उनीबाहेक निरज कुमार यादवले १५ रन बनाउँदा कप्तान नरेन भट्टले १३ रन जोडे। अभिषेक तिवारीले २४ रन बनाउँदा ध्रुव सोनर २१ रनमा रनआउट भए।यसअघि भएको पहिलो खेलमा नेपाल १ सय ३० रनले पराजित भएको थियो। अब अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports