kumari
stcnepal

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई कम नआकन WHO को चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (WHO) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका छन्। उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन्।पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिइरहेका छन्। मंगलबार फ्रान्समा करिब पाँच लाख नयाँ संक्रमित थपिएका थिए।

WHO को जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा टेडरोजले गएको हप्ता विश्वभर ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताए।ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन्। ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि WHO प्रमुखले दिएका छन्।

महामारी नियन्त्रणमा लिनका लागि सावधानी अपनाउनेसँगै खोप अभियानलाई तीव्र पार्नुपर्ने र धनी देशले खोप नपाएका गरिब देशलाई सहयोग गर्नुपर्ने WHOले बताएको छ।

footer