सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नर सिफारिस समितिमा पूर्व गभर्नर अधिकारी नियुत्त

585
shares

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यमा तत्कालिन गभर्नर ममहाप्रसाद अधिकारीको इन्ट्री भएको छ । समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाइ सिफारिस समितिमा राखिएको हो ।

भट्टराईले १ महिनासम्म पनि बैठक बस्न नसकेको भन्दै राजीनामा बुझाएका थिए । उनले राजीनामा दिएपछि नयाँ गभर्नर नियुक्तिका लागि बनेको समिति के हुने भन्ने चर्चा थियो । तर, अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भने १ जन सदस्य थप गरेर समितिले काम अघि बढाउने बताउदै आएका थिए । आज अधिकारी सदस्यका रुपमा थप भएका हुन ।बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो । एक मन्त्रीले अधिकारीलाई सदस्य नियुक्ति गरेको बताए । उनलाई पुर्व गभर्नरको तर्फबाट राखिएको हो ।

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । जसको सदस्यमा विश्व पौडेल पनि रहेका छन् ।गएको चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको हो । त्यसयता गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर निलम ढुंगानाले कामुको रुपमा जिम्मेवारी सम्हाली रहेकी छन् ।गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्‌मा लैजान्छ । मन्त्रिपरिषद्ले एक जना गभर्नर नियुक्ति गर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (२) बमोजिम गठन भएको समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने प्रावधान छ ।

छनोट समितिले गभर्नर नियुक्तिको सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छ । मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports