सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाको युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा

598
shares

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ सिर्जना गर्न सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्‍याउने दाबी गरेका छन् । उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए । अब हामीले एउटा सम्झौता गरेका छौँ जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ ।’यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार, सम्झौता अन्तर्गत ‘पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू’ ले कीभको पुनर्स्थापनालाई गति दिने कुरालाई सुनिश्चित गर्न दुई देशहरूले सहकार्य गर्नेछन् ।युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न कीभ र वासिङ्टनले महिनौँदेखि सम्झौताको लागि वार्ता गरिरहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports