२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाको युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा

962
shares

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ सिर्जना गर्न सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्‍याउने दाबी गरेका छन् । उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए । अब हामीले एउटा सम्झौता गरेका छौँ जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ ।’यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार, सम्झौता अन्तर्गत ‘पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू’ ले कीभको पुनर्स्थापनालाई गति दिने कुरालाई सुनिश्चित गर्न दुई देशहरूले सहकार्य गर्नेछन् ।युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न कीभ र वासिङ्टनले महिनौँदेखि सम्झौताको लागि वार्ता गरिरहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports