सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले : प्रधानमन्त्री ओली

520
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गरेका छन् ।

त्यसबेला केहीले व्यङ्ग्य गरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गरेका छन् ।श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’

श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन् –

‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।

छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।
जय श्रमिक, जय देश ”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports