सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने

767
shares

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्‍यो । यसमा हाम्रो विमत्ति छ ।’सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए । लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports