काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षाका लागि पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्ड (पिसिआई–डीएसएस) संस्करण ४.०.१ मा प्रमाणीकरण प्राप्त गरेको छ ।
नेटवर्क इन्टेलिजेन्सद्वारा गरिएको मूल्याङ्कनपछि यो प्रमाणीकरणले बैङ्कका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित रहेको पुष्टि गरेको छ । नेटवर्क इन्टेलिजेन्स पिसिआई सेक्युरिटी स्टान्डर्ड्स काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो ।
बैङ्कले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षाका लागि प्रणालीगत र संस्थागत रूपमा कडा आन्तरिक नियन्त्रण र सुरक्षा डिजाइनमा जोड दिएको छ । डाटा सुरक्षाप्रति निरन्तर प्रतिबद्धता जनाउँदै बैङ्कले यो प्रमाणीकरण स्वतन्त्र रूपमा हासिल गरेको हो । ग्लोबल आइएमई बैङ्क २०२४ मा ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड र युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत दुई विधामा नेपालको उत्कृष्ट बैङ्कको रूपमा सम्मानित भएको छ । मुलुकका ७७ जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, भारतलगायतका देशबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।