तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मदन – आश्रितको आज ३२ औँ स्मृति दिवस, प्रधानमन्त्रीले सम्झिए मदनको योगदान

1.38K
shares

काठमाडौँ– जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको ३२औँ स्मृति दिवस आज नेकपा एमालेले देशभर विभिन्न कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले नेपालको लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ। जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।’

मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौँ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports