तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल : दिल्ली बिरूद्ध गुजरातको जित

1.17K
shares

दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ।

गएराति दिल्लीलाई विना विकेटको क्षतिमा पराजित गर्दै गुजरातले प्लेअफमा स्थान सुरक्षित गरेको हो।२०० रनको लक्ष्य ओपनरद्वय साई सुदर्शन र क्याप्टेनसमेत रहेका शुभमन गिलले मात्रै खेलेर पूरा गर्दै गुजरातलाई जिताए।त्यस क्रममा सुदर्शनले शतक हाने। उनले ६१ बलमा १२ चौका र ४ छक्का हानेर १०८ रन बनाए। कप्तान गिलले ५३ बल ३ चौका र ७ छक्का हानेर ९३ रन बनाए।

पहिले ब्याटिङ गरेको दिल्लीका लागि ओपनर केएल राहुलले पनि अविजित शतकीय पारी खेले। उनले ६५ बलमा १४ चौका र ६ छक्का हानेर नट आउट ११२ रन बनाएका थिए।अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टब्सले २१ रन बनाएका थिए।बलिङतर्फ गुजरातका अर्शद खान, प्रशिध कृष्ण र साई किशोरले एक/एक विकेट लिए।जितसँगै १८ अंकका साथ शीर्ष स्थानमा पुगेको गुजरातले प्लेअफ खेल्ने निश्चित हुँदा दिल्ली पाँचौं स्थानमा छ।

गुजरातसँगै रोयल च्यालेन्जर्स बेंग्लुरू र पन्जाब किंग्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ। मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्स मध्ये एक टिम प्लेअफ पुग्नेछ।मुम्बई, दिल्ली र कोलकाताले दुई खेल खेल्न बाँकी हुँदा लखनऊले तीन खेल खेल्न बाँकी छ।मुम्बईको १४, दिल्लीको १३, कोलकाताको १२ र लखनउको १० अंक छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports