२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्याङ्जाको सिरुवारीमा कांग्रेस सांसद थापाको प्रशंसा

1.48K
shares

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं स्याङ्जा क्षेत्र नं १ बाट निर्वाचित संघीय सांसद राजु थापाको प्रशंसा भएको छ।

स्याङ्जामा रहेको दक्षिण एसियाकै पहिलो नमुना गाउँ सिरुवारी पुगेका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले आफ्नै पार्टीका जिल्ला सभापति एवं सांसद राजु थापाको प्रशंसा गरेका हुन्।

कांग्रेस महामन्त्री थापाले सिरुवारीको बिषयमा आफ्नो मन्तब्य राख्दै २०६७ सालमा पहिलोपटक सिरुवारी आउँदा भन्दा सिरुवारीमा भौतिक संरचना, सडक सन्जालको व्यवस्थापन र सिरुवारीलाई नमुना गाउँ बनाउने कार्यमा उल्लेखनीय बिकास भएको भन्दै त्यस क्षेत्रका सांसद थापाले गरेको प्रयासलाई सम्झदै उहाँको प्रशंसा गर्नुभएको होमस्टेकी अगुवा उर्मिला गुरुङले बताईन्।

सांसद थापाको पहलमा सिरुवारीमा रु १ करोडको बजेटमा पर्यटन पूर्वाधार पार्कको समेत निर्माण भईरहेको भन्दै गुरुङले धन्यवाद समेत व्यक्त गरिन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका थापा शनिवार साँझ बास बस्न स्याङ्जाको आधिखोला गाउँपालिकामा रहेको दक्षिण एसियाकै पहिलो नमुना होमस्टे सिरुवारी पुगेका थिए ।

सिरुवारीमा महामन्त्री थापालाई भब्य स्वागत गर्नुका साथै स्थानीय संस्कृती देखाईएको थियो। महामन्त्री थापाले सिरुवारीमा पाहुनालाई गरिने स्वागत, सांस्कृतीक कार्यक्रम र अर्गानीक परिकारले पर्यटकलाई लोभ्याउने गरेको भन्दै सिरुवारी नआएकाहरुलाई एकपटक सिरुवारी आउन आग्रह समेत गरे।

थापासँगै नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा लगायतका नेताहरु सिरुवारी पुगेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports