सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजावादी र प्रहरी बीच धकेला धकेल

689
shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा आइतबार धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी समूहहरूले आज दिउँसो दुई बजे नारायणचौरमा भेला भई बालुवाटार घेराउ गर्ने पूर्वघोषित कार्यक्रम राखेका थिए।सोही योजनाअनुसार नारायणचौरबाट जुलुससहित अघि बढेका उनीहरूलाई प्रहरीले नक्साल नजिकै रोक्ने प्रयास गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो।प्रहरीले बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ। हिजो (शनिबार) पनि राजावादीहरूले बालुवाटारको निषेधित क्षेत्र बाहिर प्रदर्शन गरेका थिए र आज पनि सोही स्थानमा प्रदर्शन गर्ने तयारी थियो।

यद्यपि, राजावादी नेताहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक कडाइ गरेमा टकरावको अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन्। उनीहरूले आफ्नो संयुक्त आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports