सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल विरुद्ध भ्रष्टाचारको मुद्धा अदालतमा दायर भएको अख्तियारको पत्र संसद सचिवालयमा पुग्यो

897
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ताको जानकारीसहितको अख्तियारको पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।अख्तियारले रौतहटबाट निर्वाचित सांसदविरुद्ध ‘हदभन्दा बढी जग्गा खरिब बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको’ मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

नेपालको सांसद पद अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनको प्रावधानअनुसार मुद्दाको किनारा नलागुञ्जेल स्वत: निलम्बनमा परेको छ ।अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा अन्य ९२ जना प्रतिवादी छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports