सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमईको कर्पोरेट कार्यालयमा ईभी चार्जको स्टेसन संञ्चालनमा

1.27K
shares

ग्लोबल आइएमई बैंकले कमलादीस्थित आफ्नो कर्पोरेट कार्यालयमा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेशन स्थापना गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर चार्जिङ स्टेशन स्थापना गरिएको हो ।

बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रुपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।  गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिंगल गनको ४० किलोवाट क्षमता छ । बैंकमा सेवा लिन आउने ग्राहक र कर्मचारीले त्यहाँ आफ्नो इभी गाडी चार्ज गर्न सक्नेछन् ।

पछिल्लो समय विद्युतीय सवारी साधन प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । सञ्चालक शर्मा आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा चार्जिङ स्टेशन स्थापना गरेको बताउँछन् ।

बैंकले व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरु पनि अवलम्बन गरिरहेको उनले जनाए । यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरण संरक्षण र उत्तरदायीप्रति बैंक प्रतिबद्ध रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports