तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा नेपालको ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत

598
shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

असार ७ र ८ ( हिजो र अस्ति) बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए ।‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णत: असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुन: विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ पार्टी निर्णयमा भनिएको छ ।

बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्नेहरू शशि कपुर मियाँ (पर्सा), करिमा वेगम (पर्सा), सुधिर नाथ पाण्डे (पर्सा), कैलास गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही)लाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports