तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाँय

728
shares

काठमाडै । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ ।

ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो ।त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको कैद सजाय सुनाइएको छ। हसिनाले ११ महिनाअघि पदत्याग गरी देश छाडेकी छन् ।

जुन २०२५ मा आईसीटीले शेख हसिनामाथि औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो।आरोप अनुसार, २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिनेमध्ये मुख्य व्यक्ति शेख हसिना रहेको अभियोजन पक्षले दाबी गरेको छ।मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनामाथि जुलाई र अगस्ट २०२४ मा भएका हिंसात्मक दमनहरूको प्रमुख योजनाकार भएको आरोप लगाइएको छ।

अगस्ट ५, २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन् । त्यतिबेला ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports