तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

637
shares

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको छ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports