सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलिब्रिज उदधाटन गर्न आज प्रधानमन्त्री ओली हुम्ला जादैँ

637
shares

प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् ।

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् ।बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ।यो पुलको उद्घाटनसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने छ।प्रधानमन्त्रीले सामाजिक सञ्जालमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेकोमा खुसी व्यक्त गरेका छन्।

१० दिनअघि नै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हुम्ला अब टाढा छैन। देशका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सपना अब पूरा हुँदैछ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports