२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सांसद शशांक कोइरालाको प्रस्ताव धर्म निरपेक्ष हटाउ धार्मिक स्वतन्त्रता राखौ

2.39K
shares

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन्।‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौं,’ कोइरालाले भने।

साथै उनले निर्वाचन प्रणाली हेर्न पनि सुझाव दिएका छन्।‘प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौं र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन।’कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने कुरा गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिएका छन्।

उनले सांसद हुने भनेको मन्त्री हुनु नरहेको पनि बताएका छन्।‘सांसद हुनु भनेको मन्त्री हुन होइन, म त चार पटक सांसद भए तर म मन्त्री भएको छैन,’ कोइरालाले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports