सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी नेता पुनले भेटे प्रचण्डलाई

611
shares

११ माघ, काठमाडौं । स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् ।

चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए । ‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,’ प्रचण्डको फेसबुक पेजमा लेखिएको छ । सो भेटमा समसामयिक राजनीतिक अवस्था र पार्टीका कामबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले बताएको छ ।

यसैगरी नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गरेका थिए । अध्यक्ष प्रचण्डको पहलमा र परराष्ट्र मन्त्रालयको सहयोगमा पूर्वमन्त्री पुन उपचारका लागि सुरुमा बैंकक र त्यसपछि उतैबाट चीन गएका थिए ।

सोमबार बेलुकी चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले आफू अब स्वस्थ्य भएको भन्दै पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए ।

पार्टीको महासचिव पदका दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports