सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अशोक राईले कसलाई गर्लान् समर्थन ?

572
shares

जनता समाजवादी पार्टी नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षबीच आन्तरिक सङ्घर्ष सुरु भएसँगै कुन पक्ष कति बलियो भन्ने हिसाब किताब पनि सुरु भएको छ । यद्यपि, माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन अघि भने दुवै पक्ष आन्तरिक गठजोडमा मात्र केन्द्रित रहेका छन् । चुनाव सकिए लगतै दुवै पक्षले पार्टीमा आ-आफ्नो दाबी प्रस्तुत गर्ने जनाइएको छ ।
पार्टीमा शक्ति देखाउने थलो भनेको कार्यकारिणी समिति र संसदीय दल हो । निर्वाचन आयोगले मान्यता दिएको जसपाको कार्यकारिणी समितिमा ३७ जना सदस्य रहेका छन् । यसमध्ये पनि रेशम चौधरीले आफ्नो पार्टी खोलिसकेका छन् भने पर्शुराम खपुङ्ग प्रदेश प्रमुख भइसकेका छन् । यता संसदीय दल १९ सदस्यीय रहेको छ ।

हालसम्म संसदीय दलमा जसपाका अध्यक्ष उपेन्द्र यादव बहुमतमा देखिन्छन् । त्यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा पनि डा. भट्टराई पक्षका नौजना मात्र छन् । त्यसैले भट्टराई यतिबेला यादव पक्षका केही नेतालाई आफ्नो पक्षमा तान्ने प्रयासमा छन् । हालसम्म यादवनिकट भनिएका कार्यकारिणी सदस्य महेन्द्रराय यादव, रामनरेश राय यादव, रमेश यादव र इस्तियाक राइ भट्टराईको पक्षमा देखिएका छन् । चार जनाले साथ दिए समितिमा भट्टराईको पक्षमा १३ जना सदस्य हुनेछन् । चार जनाले क्याम्प बदले भने पनि यादवको पक्षमा हालसम्म प्रष्ट रूपमा १६ जना सदस्य देखिएका छन् ।

उता जसपाका वरिष्ठ नेता अशोक राईसँग ६ जना छन् । उनले कसलाई साथ दिन्छन् भन्ने अहिलेसम्म खुलेको छैन । अध्यक्ष यादव पक्षका एक नेता दाबी गर्छन्, ‘अशोक राई हालसम्म तटस्थ नै हुनुहुन्छ, तर टाउको नै गन्ने अथवा बहुमत अल्पमतको अवस्था आए भने उहाँले उपेन्द्र यादवलाई साथ दिनुहुन्छ ।’

भट्टराई पक्षका नेता भन्छन्, ‘पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा गर्नुभएको गतिविधिले अशोक राई पनि सन्तुष्ट हुनुहुन्न । पार्टीबाट मन्त्रीको नाम पठाउने जिम्मेवारी उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । तर यादवले एकलौटी रूपमा नाम पठाउनुभएकोले अशोक राई पनि असन्तुष्ट हुनुहुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports