सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुगल विरुद्ध प्रयोगकर्ताहरुको लोकेसन ट्रयाक गरेको अभियोगमा मुद्दा दायर

494
shares

संयुक्त राज्य अमेरिकाका टेक्सास लगायत अन्य तीन सहरका प्रयोगकर्ताहरुले लोकेसन ट्रयाक गरेको अभियोगमा गुगल विरुद्ध मुद्दा दर्ता गरेका छन्। मुद्दा दर्ता गर्ने प्रयोगकर्ताहरु कोलुम्बिया, टेक्सास, इन्डियाना र वासिङटन प्रान्तका रहेका छन्।

गुगलले प्रयोगकर्ताहरुलाई आफ्नो अकाउन्ट र साइन इन गरेको डिभाइसको सेटिङ परिवर्तन गर्नाले उनीहरुको गोप्य जानकारीहरुको पहँच गुगललाई दिने कि नदिने भन्ने निर्णय प्रयोगकर्ता स्वयमले गर्न सक्छ भन्ने जस्तो भ्रामक जानकारी दिएको र प्रयोगकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको महान्याधिवक्ता कार्ल रेसिनले एक विज्ञप्तिमा भनेका छन्।गुगलले व्यवस्थित रुपमा ग्राहकहरुको डाटा सुरुक्षा गर्ने प्रतिवद्धता जनाए पनि उक्त डाटाको प्रयोग गरी नाफा कमाइ रहेको र यसले प्रयोगकर्ताहरुको गोपनियताको उल्ल्ङ्खन गरेको आरोप गुगललाई लगाइएको छ। उक्त आरोपको प्रतिवाद गर्दै गुगलका प्रवत्ता जोस कास्टानेडाले, आफूहरु माथि लागेको आरोप गलत भएको र पुरानो मुद्दाहरुमा दाबी गर्दै यस मुद्दालाई अघि बढाइएको भनेका छन्।

गुगलले प्रयोगकर्ताहरुको गोपनीयता भङ्ग हुने कुनै कार्य नगरेको र लोकेसन ट्रयाकिङ सम्बन्धी प्रयोगकर्तालाई नै नियन्त्रण प्रदान गरेको बताएका छन्। आफूहरुलाई गलत आरोप लगाइएको र उक्त आरोपको डटेर सामना गर्ने बताएका छन्।सन् २०२० को मे महिनामा गुगलले विज्ञापनबाट एक सय पचास बिलियन अमेरिकी डलर कमाएको र विज्ञापन सफल पार्ने मूल सूत्र नै लोकेसन ट्रयाकिङ रहेको वासिङटनका महान्याधिवक्ता बव फेगुरसनको अध्ययनले बताएको छ।

यस अघि पनि लोकेसन ट्रयाक गरेकै अभियोगमा गुगल विरुद्ध एरिजोनाका प्रयोगकर्ताहरुले मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दाको सुनुवाइ हुन सकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports