सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालबाट पहिलोपटक छ्यो यु हिमाल आरोहण हुँदै नेपालबाट, बाटो बनाउन हिँड्यो आरोही टोली

559
shares

काठमाडौं । नेपालको रुट हुँदै पहिलोपटक छ्यो यु हिमाल (८१८८ मिटर) को आरोहण हुने भएको छ । नेपालबाट हालसम्म आरोहण हुन नसकेको उक्त हिमाल आरोहण मार्ग निर्माणका लागि अनुभवी १० आरोही गाइडको टोली आधारशिविरतर्फ लागेको छ ।

आरोही गाइडको टोलीले सामूहिकरूपमा पहिलोपटक छ्यो यु हिमाल आरोहणका लागि चुचुरोसम्म बाटो (रुट) निर्माण गर्ने लक्ष्य राखेको हो । आरोही गाइड प्रेम तेन्जी, गेल्जे, प्रेम दोर्जी, कर्मा, लाक्पा देण्डी, तेञ्जिङ गेल्जेन, विवस, टासी, फुरी कितर शेर्पा र गेसमान तामाङको टोली आधारशिविरतर्फ हिँडेको हो । नेपाल र चीनको सीमा रहेको छ्यो यु हिमाल नेपालतर्फबाट आरोहणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।

विभिन्न हिमाल आरोहणका लागि बाटो निर्माणमा सफलता प्राप्त गरेको यी गाइडहरूले यो हिमालको आरोहण रुट निर्माण गर्ने लक्ष्य राखेको गाइड लाक्पा देण्डी शेर्पाले बताए । विश्वका आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने व्यक्तिले अनिवार्यरूपमा छ्यो यु हिमालको आरोहण गर्नुपर्ने भए पनि हालसम्म तिब्बततर्फकै बाटो भएर आरोहण गर्दे आएको छ ।

नेपालतर्फ बाट आरोहणका लागि बाटो निर्माण हुन नसक्दा वर्सेनी करोडौं राजश्व राज्यले गुमाउदै आएको नेपाल पर्यटन बोर्डका सदस्य ङावाङिमा शेर्पाले बताए ।अनुभवी सक्षम गाइडहरूको टोलीले यो प्रयास गरेका कारण सफलता हात पर्ने र आरोहण बाटो निर्माण पछि वर्सेनी करोडौं राजश्व आम्दानी हुने शेर्पाको भनाइ छ । यी गाइडहरूले व्यक्तिगत र सहयोग संकलन गरेर बाटो निर्माण गर्ने तयारी गरेको जनाएको छ । छ्यो यु हिमाल आरोहीहरूको लागि आकर्षक मध्येको एक मानिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports