सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी चुनावमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

455
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अब आउने स्थानीय तहको निर्वाचमा स्वच्छ,मर्यादित बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

 

सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले भने, ‘अब आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु। गत चुनावमा पनि सशस्त्र प्रहरीको भूमिका अग्रणी थियो।’

 

उनले भने, ‘आन्तरिक चुनौतिलाई सामना गर्न सकेकोमा प्रशंसा गर्छु। नेपालमा संकट आइपर्दा राष्ट्रसेवकले महत्वपूर्ण भूमिका नीर्वाह गर्दै आएका छन्। चाहे भूकम्प होस् वा बाढी पहिरोलगायतमा।’ राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र सरकारले आवश्यक गृह कार्य गरिरहेको बताए। राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिए।

 

जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको जनाएका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports