सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाबुरामको तुलना क्विसलिङसँग गोकुलले किन गरे ?

455
shares

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराई र एमाले नेता गोकुल बास्कोटाबीच आरोप-प्रत्यारोप चलिरहेका बेला बास्कोटाले भट्टराईको तुलना दोस्रो विश्वयुद्धअघिका हिटलरसमर्थित नर्वेली प्रधानमन्त्री भिड्कुन क्विस्लिङसँग गरेका छन् ।

स्थानीय चुनाव हुन नदिने र राजनीतिक शून्यता सृजना गरेर शक्ति हत्याउने दाउमा बाबुरामले विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै उनले क्विस्लिङसँग तुलना गरेका हुन् ।क्विस्लिङले हिटलरलाई नर्वेमाथि आक्रमण गर्न लगाएर भित्रभित्रै उनलाई सघाएर प्रधानमन्त्री पद हत्याएका थिए । दोस्रो विश्वयुद्धपछि उनलाई देशद्रोही घोषित गरी मारिएको थियो ।

डा. भट्टराईले तीनै तहको निर्वाचन मंसिरमा गर्ने गरी संसदबाट प्रस्ताव पास गरेर अहिलेका जनप्रतिनिधिलाई कामचलाउ बनाउन सकिने धारणा राखेलगत्तै बास्कोटाले कडा प्रतिवाद गरेका हुन् ।बास्कोटाले  भने, ‘मैले बाबुरामलाई क्विसलिङसँग तुलना गरेको होइन, उनका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनी क्विसलिङजस्तै देशद्रोही हुन् भन्ने आशंका छ । राजनीतिक शून्यता सिर्जना गरेर शक्ति आर्जन गर्ने उनको दाउ अन्यत्रबाटै निसृत छ ।’

राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा.भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन।क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए।twitter बाट लिएको।
Gokul Prasad Baskota
@GokulPBaskota

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports