तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ : रास्वपा

741
shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ ।

रास्वपा नेताहरू अनौपचारिक रूपमै आन्तरिक छलफलमा रहेको नेताहरू बताउँछन् ।रास्वपाका प्रमुख सचेतक सन्तोष परियार संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको हितमा हुने बताए ।

‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ’ उनी भन्छन्, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ ।’कांग्रेस र एमालेले तयारी अगाडि बढाएसँगै रास्वपाका नेताहरू आन्तरिक छलफलमा समेत जुटेका छन् । प्रमुख सचेतक परियारले भने, ‘कांग्रेस र एमालेको यो पछिल्लो गलत क्रियाकलाप विरुद्ध कसरी जाने भनेर हामी आन्तरिक छलफलमा छौं, थप छलफल गर्छौं ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports