प्रचण्डले विपक्षी दलको बैठक बोलाए
वि.सं.२०८२ भदौ ३ मंगलवार १४:१५
shares

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहने बताइएको छ ।





































