तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुख राना अमेरिकाबाट फर्केपछि मात्र वहाँ विरुद्धको प्रस्ताव अघि बढाउने सत्तारूढ दलको निर्णय

715
shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले उपसभामुख इन्दिरा राना मगरबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
उपसभामुखलाई हटाउनको लागि कांग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्नेबारे छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनले भने, ‘उहाँ अहिले संसद्को मामिला मार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन। उहाँको बारेमा प्रश्न उठेको छ। यसको निरूपण हुनुपर्छ कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ।, हामी समय हेरेर गर्छौँ।’उनले अहिले नै उपसभामुखविरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको बताए। उनले थपे, ‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कारको भइरहेको सबैले देखिराख्नुभएको छ। निरन्तर संंसदमा यो विषय उठ्छ भने संसदभित्र रहेको उपसभामुख जोडिएको विषय के हुन्छरु भनेर हुने बहसलाई अन्यथा लिनु हुँदैन। यो बहसलाई बिट मार्नुपर्छ। सधैँभरी गरिराख्नु हुँदैन। तर हामी अहिले छलफलमा छौँ। उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ।’

कांग्रेस एमालेले हस्ताक्षर सङ्कलन गर्दै दुई तिहाइ पुर्‍याउनको लागि साना दलहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। उपसभामुख देश बाहिर हुँदा हटाउँदा नराम्रो सन्देश जाने भएकाले अब अमेरिकाबाट फर्केपछि मात्रै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports