सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न रोक

754
shares

काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।

महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने । थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports