सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी रक्षा मन्त्रालयको नाम ट्रम्पले फेरे, अबको नाम युद्ध मन्त्रालय

806
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी ‘युद्ध मन्त्रालय’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।कार्यकारी आदेशमा हस्ताक्षरसँगै रक्षा मन्त्रालयको दोस्रो नाम युद्ध मन्त्रालय रहने र रक्षामन्त्री पिट हेगसेथ अब युद्धमन्त्री रहने भएका छन्।

कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर-वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ।पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री हेगसेथको कार्यालय बाहिरको साइनबोर्ड परिवर्तन गरिसकेका छन्। साथै मन्त्रालयको वेबसाइट पनि डिफेन्स डटकमबाट परिवर्तन गरी वार डटकम राखिएको छ। वेबसाइटको माथिल्लो भागमा मन्त्रालयको यसअघिको छोटकरी रूप डिओडीबाट युद्ध मन्त्रालयको छोटकरी रूप डिओडब्ल्यू राखिएको छ।

कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा राष्ट्रपति ट्रम्पले विश्व परिस्थितिअनुसार फेरेर राखिएको मन्त्रालयको नाम उपयुक्त रहेको बताए।‘अहिले विश्व जुन परिस्थितमा छ, त्यो सन्दर्भमा यो अत्यन्त उपयुक्त नाम हो। हामीसँग संसारकै शक्तिशाली सेना छ,’ ट्रम्पले भने।कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्दा ओभल अफिसमै रहेका मन्त्री हेगसेथले विषय नाम परिवर्तनको मात्रै नभएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports