सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुप्तचर प्रमुख थापा भोली देखी अनिवार्य अवकाशमा जाँदै, नयाँ नियुति अन्योल

650
shares

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै छन् । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।

२०५३ मा अनुसन्धान अधिकृत बाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् । तर, जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै गुप्तचर प्रमुखको नियुक्ति अन्योलमा परेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेबारे सहमति नजिक पुगेको भनिए पनि निर्णय भैसकेको छैन । गुप्तचर प्रमुखको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ ।

थापा आफ्ना ब्याचमेट ओम प्रकाश जोशीलाई पछाडि पारेर विभागको प्रमुख बनेका थिए । तिनै जोशी ३ वर्षपछि प्रमुख हुने प्रतिस्पर्धामा छन् । मुख्य अनुसन्धान निर्देशक जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन् ।अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि राअवि प्रमुखको दाबेदार हुन् । उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।

मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports