सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुले
वि.सं.२०८२ भदौ २९ आइतवार १३:२१
shares

काठमाडौं।जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् ।
‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ।स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो ।



































