सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय

1.21K
shares

काठमाडौँ । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसन लगायत सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।

बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।यात्रुको यात्रा सुरक्षित र सहज बनाउनुका साथै गुनासोहरूको तत्काल सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एक उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ। यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका सरोकारवालाहरू रहनेछन्।

त्यस्तै, चाडपर्वका लागि उपत्यका छाड्ने सवारी साधनहरूको प्राविधिक जाँच गराउन र आवश्यकताअनुसार यात्रु सहायता कक्षहरू निर्माण गर्न नाडा लगायतका संस्थाहरूलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ।बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने तथा आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने लगायतका निर्णयहरू पनि बैठकले गरेको छ।

यद्यपि बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय गरेन । अघिल्ला वर्षहरूमा यातायात व्यवस्था विभागले सरोकारवालासँगको छलफलमा टिकट बुकिङको मिति तय गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports