linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं सहित एकै पटक ४८ जना एसपीको सरुवा

832
shares

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा गरेको हो।काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विभिन्न जिल्ला प्रहरी कार्यालमा कार्यरत एसपीहरूको सरूवा भएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. २ नक्साल सरूवा गरिएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरूवा गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरूवा गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलाली सरूवा गरिएको छ।जिल्ला प्रहरी परिरस भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय टर्मिनल भैरहवा सरूवा गरिएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एसपी सुदीपराज पाठकलाई सरूवा गरी जिल्ला प्रहरी परिसर पर्सा पठाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports