linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति पत्नी सहित बेलायत पुगे, राजाले गरे भव्य स्वागत

780
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित बुधबार बेलायत पुगेका छन्।

उनलाई बेलायतका राजा चार्ल्स तृतीय, रानी क्यामिला लगायतले भव्य स्वागत गरे।ट्रम्पको सम्मानमा रथयात्रा निकालिएको थियो र उनलाई गार्ड अफ अनर दिइएको छ।

रथयात्राका क्रममा राजा चार्ल्स तृतीय र ट्रम्प एउटै रथमा सवार थिए भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को रथमा थिइन्।एकातिर विन्डसरमा ट्रम्पको भव्य स्वागत गरियो भने अर्कातर्फ मध्य लन्डनमा उनविरुद्ध प्रदर्शन सुरु भयो।बीबीसीका अनुसार यो विरोध प्रदर्शन जलवायु, जातिवाद विरोधी र प्यालेस्टिनी समर्थक कार्यकर्तासहित ५० भन्दा बढी संस्थाहरूको समूह स्टप ट्रम्प युके कोएलिसनले आयोजना गरेको थियो।

भ्रमणका क्रममा ट्रम्प महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न सेन्ट जर्जको चैपल पुगे।त्यसपछि ट्रम्प राजा चार्ल्स तृतीय र प्रधानमन्त्री केयर स्टारमरसँग विन्डसर क्यासलको पूर्वी लनमा विशेष सैन्य संगीत प्रस्तुति हेर्न पुगे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports