सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकार ढाल्न सरकारी कर्मचारीहरु लागे ?

663
shares

 

काठमाडौ । जेन–जी समूहको प्रदर्शनमा एकै दिन प्रहरीले गोली लागेर १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । सो घटना भाद्र २३ गते भएको र त्यस घटनाले गर्दा प्रदर्शनकारीहरु भड्किँदै २४ भाद्रमा सार्वजनिक निजी संरनामा आगजनी र लुटपाट हुँदा ज्यान गुमाउने संख्या ७३ पुगेको छ भने भौतिक संरचनाहरुको क्षति वेहिसाव रहेको छ ।
सो घटनामा संसद भवन सिंहदरबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, सर्बोच्च अदालत काठमाडौ जिल्ला अदालत, सडक विभाग सिंहदरबारभित्रका मन्त्रालयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विशेष अदालत लगायतका नेताहरुका सबै घरहरु नष्ट भएका छन् । मुलुकभरका प्रहरी कार्यालय र अन्य सरकारी भवनहरु ध्वस्त भएका छन् ।
काठमाडौमा मात्र नभएर मुलुकभरमै मानवीय क्षति र ठुलो मात्रामा भौतिक क्षति हुँदा सुरक्षा रणनीतिमा सुरक्षा निकाय चुकेको प्रष्ट रुपमै देखिएको छ । नेपाली सेनाको प्रधान कार्यालय देखि २ मिनेट टाढा रहेको सिंहदरबार सर्बोच्च अदालतमा आगलागी हुँदा नेपाली सनो किन बाहिर आएन ? विपत्ति आइलाग्दा सेनालाई नियन्त्रण गर्न कसैको आदेश आवश्यक हुँदैन । सिंहदरबारभित्रै सेनाको एउटा टुकुडी रहेको छ ।
आँखै अगाडि सिंहदरबार र सर्बोच्च अदालतमा आगजनी हुँदा सेना चुपचाप बस्नु र राष्ट्रपतिको सरकारी निवाससम्म बचाउन नसक्नुले के सन्देश दिन्छ ? आफ्ना परमाधिपकिो निवाससम्म सुरक्षा गर्न नसक्ने सेनाले जनताको सुरक्षा कसरी गर्न सक्छ ? अहिले जनताले उठाएको प्रश्न यही हो । यो प्रश्नको जवाफ सुरक्षा निकाय निकयाले किन दिनु नपर्ने ? अन्तिम समयमा अर्थात भाद्र २३ गते बेलुका र २४ गते विहानै चारवटै सुरक्षा निकायले प्रधानमन्त्रीलाई अर्थात सरकारलाई सहयोग गर्नको बदला प्रधानमन्त्रीलाई राजिनामा दिन दवाव दिनुको अर्थ के ?
सरकारका मुख्य सचिव गृह सचिव र रक्षा सचिव त्यसबेला कहाँ गएका थिए । जेन–जीको विरोध प्रदर्शन गर्न व्यापक तयारी भएको र दशौँ हजार मानिस प्रदर्शनमा आउने निश्चित भएपनि तत्कालिन गृहमन्त्री रमेश लेखकले किन सुरक्षा समितिको बैठक बोलाएन यी सबै कारणहरुले गर्दा प्रष्ट हुन्छ ओली सरकार ढाल्न सुरक्षा निकाय र सरकारको मुख्य सचिव र सचिवहरु नै लागेका थिए भनेर ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports