सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जीले गरिदियो कायापलट

858
shares

 

राजन कार्की
एक युगमा एक दिन आउँछ भन्ने मान्यता थियो । बहुदल र लोकतन्त्र पनि यस्तैगरी आएको थियो । अहिले जेनजीहरुले आन्दोलन गरे, विद्रोह गरे र परिवर्तन आयो । तर परिवर्तनले यो पद्धतिमा कुनै परिवर्तन ल्याउने लक्ष्यण देखिन्न कि भन्ने शंका उठेको छ ।
कारण यो अन्तरिम सरकारले अन्तरिम संविधान बनाउन नसक्ने भयो । निर्वाचन गर्ने र यही निर्वाचित सांसदलाई सत्ता बुझाएर उही संसद, उही प्रदेश, उही पालिका यथास्थितिमा चल्ने भएपछि उही भ्रष्टहरुको राइँदाइँ पुनः स्थापित हुने भयो ।
७४ भन्दा बढी युवाले बगाएको रगत, दिएको ज्यानको अर्थ के कति रहला ?
हो, केही वर्षदेखि दक्षिण एसियामा जनविद्रोह भएका छन् । श्रीलंका बंगलादेशमा परिवर्तन भयो । नेपालमा ? परिवर्तनको रुपरेखा त देखियो, परिवर्तनको सम्भाबना हाइज्याक भएको अनुभूति हुनथालिसकेको छ । स्मरणीय छ, २०२२ मा श्रीलंकामा नेपो किड्स र नेपोटिजमका विरुद्ध नागरिक विद्रोह भयो । बिद्रोहको सुनामीले राजापाक्ष परिवार र तिनका भ्रष्ट शासक, प्रशासकलाई यसरी बगायो कि ४ वर्षपछि पनि तिनीहरुको ज्यान जोगाएर लुकिरहेका छन् ।
श्रीलंकामा जसरी बिद्रोह सल्किएको थियो, त्यो आगो बंगलादेशमा सल्क्यो । २०२४ मा निर्वाचित र बहुमतको सरकार चलाइरहेकी प्रधानमन्त्री शेख हसिनालाई जेनजी पुस्ताको बिद्रोहले किनारा लगाइदियो । किनारामा पुगेपछि पनि डुब्ने डरले उनी भारतमा शरण लिन पुगिन र आज पनि भारतीय सेनाको सुरक्षामा ज्यान जोगाएर बाँचेकी छिन् । भ्रष्टाचार, नातावाद र आफन्तवादले शासक प्रशासकलाई कसरी धृतराष्ट्रजस्तो अन्धो बनाउने रहेछ र नागरिक मरेतुल्य बन्न थालेपछि युवाले बिद्रोह गर्ने रहेछन्, बिद्रोह आँधीबेहरी आएजसरी आउने रहेछ र भ्रष्टाचारका महललाई बालुवाको महलजसरी ढाल्ने रहेछ भन्ने उदाहरण हो बंगलादेश ।
नेपालमा युवाले बिद्रोह गरे । श्रीलंका र बंगलादेशको भन्दा डरलाग्दो बिद्रोहको त्यो आगोको झिल्का डढेलो बन्यो नेपालमा । २०२५ सेप्टेम्बर ८ र ९ अर्थात भदौ २३ र २४ गतेको जेनजी पुस्ताको बिद्रोहले लोकतान्त्रिक गणतन्त्रका नीति, नैतिकता, सिद्धान्त, चरित्र सबै गुमाइसकेका शासक प्रशासकलाई न भूतो, न भविष्यतिजसरी लता¥यो । प्रधानमन्त्री केपी ओली राजीनामा दिन बाध्य भए र सेनाको सुरक्षा घेरामा लुक्न पुगे । १० वर्षे जनयुद्धबाट पटक पटक सत्तामा पुगेका माओवादी नेता प्रचण्ड समेत निरीह बन्नपुगे । प्रजातन्त्रको बिडा उठाएको भनेर नथाक्ने तर भ्रष्टाचारमा आसन जमाएर बसेको नेपाली कांग्रेसका सभापति तथा ५ पल्ट प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई बिद्रोहीले लछारपछार पारे । जसरी दरवार हत्याकाण्डमा सेनाको पहराको सुरक्षालाई चकमा दिएर दरवार हत्याकाण्ड भयो, राजदरवार रक्त कुण्ड बन्यो, त्यसैगरी भदौ २३ र २४ गते कांग्रेस, एमालेको सरकारले बिद्रोहीमाथि रबरका गोलीका नाममा असली गोली हाने, ताकी ताकी टाउका र छातीमा गोली हानेर सयौं जेनजी पुस्तालाई मा¥यो । त्यसपछि यसरी जेनजी पुस्ता जाग्यो कि आगो बन्यो, आँधी बन्यो, हुरी बन्यो । देशभरि नै डढेलो सल्क्यो ।
प्रष्ट छ, आगोको काम ढडाउने हो । आगोको नेपोटिजम अथवा नेपोकिड्स हुँदैन । कार्यकर्ता, अनुयायी पनि हुँदैन । आगोको धर्म खरानी बनाउनु हो । राजनीतिले धर्म नष्ट गरेपछि, राजनीतिले समाजसेवाका नाममा, समाज परिवर्तनका नाममा अपराधिकरणमा रुपान्तरण भएपछि जेनजी पुस्ता आगो बन्यो र राजनीतिका ऐंजेरुहरुलाई खरानी बनाइदियो ।
चिताउनै नसक्ने खालको बिध्वंश भयो । बिध्वंशमा खरावी सफा भयो तर यो बिध्वंशले इतिहासलाई, ऐतिहासिक धरोहरलाई पनि नष्ट गरिदियो । भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, जेनजी पुस्ताले निर्माण गर्छ, सुधार गर्छ, संचेतना फैलाउँछ । सम्भव छ, सम्भाबना पनि छ । अब नैतिकहीनता सर्वकालिक हुन्न, रहन्न भन्ने नजीर कायम भयो ।
राजनीतिमा अमर छु भन्नेहरु धुलिसात भए, अँध्यारोमा बसेर श्वास फेरिरहेका छन् । नयाँ पुस्ताले राजनीतिलाई, समाजलाई परिवर्तन गर्ने, नागरिकको सोचलाई सच्याउने काम थालनी गरिसकेको छ ।
परिवर्तन ल्याएको जेनजी पुस्ताले अभिभावक स्थापित गर्न सकेन । नाली बनेको पद्धतिलाई फाल्न सकेन । यो गणतन्त्रको नाली, धर्मनिरपेक्षताको नाली, संघीयताको नाली, नेपोटिजम र नेपोबेबीको नाली सदाका लागि अन्त्य गर्नसक्छ, बिभेद, निषेधको नाली सफा गरेर योग्यता र अवसरको, समानता र विधिको शासन बसाल्न सक्नुपर्छ । समय छ, अवसर छ, षडयन्त्रलाई चिर्दै जेनजी पुस्ताले शीर उठायो भने नेपाल संविधानविहीन भए पनि बेलयातजस्तो लोकलज्जा र जनअपेक्षामा चल्न सक्छ ।
अन्तरिम सरकारलाई ६ महिनाको म्याण्डेट प्राप्त छ । आगामी फागुन २१ गते चुनाव घोषणा भएको छ । भ्रष्टाचारका बाहरुले नियुक्त गरेका सबै नियुक्ती खारेज गरेर सक्षम र देशभक्तहरुलाई नियुक्ती दिने र स्वच्छ र कार्यकारी प्रमुखको चुनावका लागि वातावरण तैयार गरेर सुशीला कार्कीको सरकार अग्रसर भयो भने प्रधामन्त्री सुशीला कार्कीले घरैबाट लगेको २ बोरा चामल, दाल खाएर देशका लागि गर्ने त्याग र बलिदानले उज्यालो इतिहास बनाउनेछ । अब मासुभात र पैसा बाँडेर चुनाव जित्न सकिन्छ भन्ने परम्परागत दोषको अन्त्य हुनेछ । जनतामा हिम्मत आउनेछ, चुनावमा गल्ती गरेर ५ वर्ष पछुताउने काम गर्नेछैनन् ।
हुन त हो, जे हुन्छ, राम्रो हुन्छ । जति बिध्वंश भयो, निर्माणका लागि हो । जे हुनेछ, राम्रोको लागि हुनेछ । जेनजी पुस्ताले इतिहास रचेको छ । पुर्षाको वीरताले निर्माण गरेको राष्ट्रमा जेनजी पुस्ताको वीरताले रचेको इतिहासले नयाँ नेपालको सुरुआत हुने आशा छ, विश्वास छ, नयाँ नेपाल बन्नेछ ।
नेपाली युवा वीर छन्, युवाले चाहे कायापलट हुनेरहेछ । युवाहरु यही समय हो, कुडाकरकट, फोहर बढार्ने, त्यो हिम्मतमा नेपालीको साथ छ, सहयोग छ, समर्थन छ । युवा अझ अघि बढ । बिध्वंश सकियो, निर्माण गर्न अघि बढ ।
जेनजीले जे माग राखेको थियो, ती माग अपहरण भएकोमा धेरैले आश्चर्य प्रकट गरेका छन् । जेनजीका परिपक्व सल्लाहकार नहुँदा यस्तो भएको भनिदैछ । प्रधानमन्त्रीले राजीनामा दिए तर कांग्रेसी नेता तथा राष्ट्रपति रामचन्द्र पौडेललाई लखेटिएका ठूला दलका ठूला नेता तथा कानुनचीहरुले यसरी सुझाव दिए कि ७४ भन्दा बढी नवयुवाको रगत पिएको यो पद्धति, यिनै नेताले फेरि पनि गर्ने सपना देख्न थालेका छन् । सपना साकार पार्न उनीहरु एक भएर सार्वजनिक हुने कुरा गरिरहेका छन् ।
जेनजीका मागहरु थिए–
१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२. संघीयता खारेज ।
३. धर्मनिरपेक्षता खारेज ।
४. राष्ट्रिसभा खारेज ।
५. प्रदेशसभा खारेज ।
६. सांसद मन्त्री बन्न नपाउने ।
७. दोस्रोपल्ट मन्त्री बन्न नपाउने ।
८. जिल्ला समन्वय समिति खारेज ।
९. राज्यको ढुकुटीबाट विदेश भ्रमणमा रोक ।
१०. भ्रष्टाचार भएको प्रमाणित भएमा फाँसी ।
११. एक स्थानीय तह एक ठूलो उद्योग ।
१२. एक वडा एक सानो उद्योग ।
तर पद्धति फेर्ने यति ठूलो र ऐटिहासिक परिवर्तनको परिणाम अझै दुःखदायी हुने लक्ष्यण देखा परेका छन् । कारण ठूला दल र भ्रष्टाचारीहरुले खुकुरी लिएर निस्कने अतिवादी कुरा गरिरहेका छन् । यसको अर्थ भ्रष्टाचारको अन्त र सुशासनको सुरुआत हुने लक्ष्यण न्यून बन्दै गएको छ ।
नवयुवाको हातमा फेरि पनि शून्यता नै प्राप्त हुने हो त ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports