सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभाग देखि कोशी प्रदेश सम्मै वर्षा

715
shares

काठमाडौं। स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै पानी परिरहेको छ । यो पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान छ । तर फेरि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविदहरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पानी पार्नका लागि अहिले स्थानीय वायुबाहेक अरु उल्लेखनीय प्रणाली छैन । मौसमविद हरिप्रसाद दाहालले  भने, ‘आज दिउँसैदेखि मजाले परिरहेको पानी स्थानीय वायुको प्रभाव थोरै एक्टिभ भएर हो र यो आज रातिदेखि कम हुँदै जाने देखिन्छ ।’बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ ।

भोलि विहीबारको दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना छ । भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ ।पानी पर्ने सम्भावना यो हप्तासम्म कायमै छ । दशैंको टीकाको दिनसम्म मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेकाले पानी पर्ने पूर्वानुमान स्वाभाविक रहेको मौसमविहरु बताउँछन् । तर विगतमा जस्तो धेरै ठाउँमा भयंकर वर्षा भने नहुने उनीहरु बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । केही दिनसम्म मनसुन त्यति धेरै सक्रिय हुने देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा भने हुनेछ । दशैंको मध्य बेलामा पानी पार्ने प्रणाली फेरि सक्रिय हुने सम्भावना रहेकाले हिले दशैं हुनसक्ने उनको अनुमान छ ।सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।

मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने ।उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports