दाहालको प्रधानमन्त्री बन्ने सपना चकनाचुर
वि.सं.२०८२ असोज ९ बिहीवार ११:५१
shares

काठमाडौ । भाद्र २३ गते भएको जेन–जी को विरोध प्रदर्शनलाई माओवादी केन्द्र, रास्वपा र राप्रपाले सार्वजनिक बक्तव्य नै प्रकाशित गरे समर्थन जनाएका थिए । माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहालले त भाद्र २३ गते अघि नै एक कार्यक्रममा अबको केही दिन भित्रमा ठुलो आन्दोलन हुने र सो आन्दोनले केपी ओली नेतृत्वको सरकार ढाल्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिएका थिए ।
दाहालले ओली नेतृत्वको सरकार ढाल्न जुनसुकै हतियार प्रयोग गर्न चहिरहेका थिए । जेन–जीहरुको आन्दोलन ओली नेतृत्वको सरकार ढलेपछि आफू प्रधानमन्त्री बन्न सक्ने उनले अनुमान गरेका थिए । त्यही कारणले गर्दा उनले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेहरुलाई जेलमै गएर कुराकानी गरेका थिए । दाहालले रविलाई ओली सरकारले प्रतिशोध लिएको बताउँदै आएका थिए ।
रास्वपाका सभापति रवि लामिछानेलाई उनको पार्टी नेताहरुले नै किर्ते पत्र बनाएर जेलबाट मुक्त गरेका र उनलाई मुक्त गराउन रास्वपाका प्रवक्त मनिस झाले नख्खु कारागारमै पुगेर भीडलाई रविलाई छुटाउनुपर्दछ भन्दै भिडलाई उक्साईरहेका भिडियो नै सार्वजनिक भएको छ । जब रविलाई जेलमुक्त गरियो अनि नख्खु सहितको जेलमा रहेका विभिन्न अपराधमा संलग्न भएका व्यक्तिहरुले रवि छुट्ने हामी किन जेलमा बस्ने भन्दै नाराबाजी र आगजनी गर्दै मुलुकभरबाट १३ हजार भन्दा बढी कैदीबन्दीहरु जेलबाट भागेका थिए । पुष्पकमल दाहाल जसरी भएपनि फेरी प्रधानमन्त्री बन्न चाहान्थे । त्यसैले उनले जेनजीको आन्दोनललाई समर्थन गरेका थिए । तर सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उनको सपना चकनाचुर भयो ।
यो प्रकरणमा जेन–जीहरुलाई हतियार बनाएर अपराधमा संलग्न भएका व्यक्तिहरुले जेलमा रहेका रविको मुद्दा रहेका सर्बोच्च अदालत देखि जिल्ला अदालतहरु सबैमा आगजनी गरियो । कुन कुन कोठामा रविका फाइल छन् भनेर आन्दोलनहरुले कसरी थाहा पाए ? काठमाडौ जिल्ला अदालत सहित कास्की जिल्ला अदालत, चितवन जिल्ला अदालत, रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा थियो ।



































