नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा

897
shares

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।तर, यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

यस्तै ६ महिना भन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।

‘हामीले ७५३ वटा स्थानीय तहमा बजेट पठाइसकेका छौं,’थापाले अनलाइनखबरसँग भने, ‘स्थानीय तहले आफूलाई पायक पर्ने स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनु हुनेछ ।’भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।पछिल्लो अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिकामध्ये ११ प्रतिशतलाई भिटामिन ‘ए’ कमी भएको देखिएको छ । ‘यो जनस्वास्थ्य मध्यम समस्याको रूपमा रहेको छ । अझै पनि बालबालिका रगतको भिटामिनमा ‘ए’ कमी छ,’ थापा भन्छन्, ‘भिटामिन ‘ए’ प्राप्त हुने स्रोत बालबालिकाले कम खाएको देखिन्छ ।’

चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनिर, गिरिदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलगम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रङका फलफूल भिटामिन ‘ए’ का स्रोत हुन् ।भिटामिन ‘ए’ ले हड्डी मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ ।स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports