सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुलुक ध्वस्त बनाउनेहरु सत्तामै कार्की आयोगको निष्पक्षता मै प्रश्न !

जेन–जीहरुलाई देखाएर आफ्नो स्वार्थ पूरा गर्नेहरु सक्रिय

1.03K
shares

 

काठमाडौ । भाद्र २३ गते भएको जेन–जीहरुको विरोध प्रदर्शन र २४ भाद्रमै भएको सिंहदरबारसहित सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, जिल्ला अदालत, संसद भवन, विशेष अदालत, सडक विभागलगायत राजनीतिक दलका शिर्ष नेताहरुको निजी निवासमा आगजनी गरियो ।
जेन–जीले भाद्र २३ गते १ः३० बजे नै विज्ञप्ति नै प्रकाशित गर्दै आफ्नो विरोध प्रदर्शन सफल भएको र विरोध प्रदर्शनमा घुसपैठ भएको भन्दै विद्यार्थी जेन–जीहरुलाई आ आफ्ना घर फर्किन जानकारी गराएको थियो । तर केही जेन–जीहरु घर फर्किन नपाउँदै संसद भवन बानेश्वरमा आन्दोलनले उग्ररुप लियो । केही व्यक्तिहरु संसद भवनभित्र पसेर संसद भवनमा आगो लगाउन थाले भने केहीले पर्खाल नै भत्कउान थालेपछि त्यहाँ गोली चल्यो । तर, आजसम्म गोली कसले चलायो ? प्रहरी कि अरुले नै भन्ने एकीन हुन सकेको छैन ।
भाद्र २३ गते सुरक्षाकर्मी नराम्रोसँग चुकेको प्रष्ट रुपमै देखिन्छ । विरोध प्रदर्शनमा ठुलो संख्या सहभागि भएको हुँदा त्यहाँ सुरक्षाकर्मीहरुको संख्या न्यून रहेको थियो । जेन–जीहरुले विरोध प्रदर्शन गर्न स्थानीय प्रशासन, सिडियो कार्यालय काठमाडौको अनुमति लिँदा सिडियोले प्रदर्शनकारीलाई संसद भवनसम्मै जाने अनुमति किन दिए ? अन्य बेलामा शेराटन होटल अगाडिसम्म मात्र जान दिने गरिएको थियो । तर, जेन–जीहरुको विरोध प्रदर्शनलाई संसद भवनसम्म जान दिने अनुमति दिने तर सुरक्षाकर्मीहरुको उपस्थिति न्यून तैथान गर्नुको रहस्य के थियो ?
भाद्र २३ गते नै गोली चलिसकेपछि सुरक्षा निकायले भोलीपल्ट अर्थात भाद्र २४ गते विरोध प्रदर्शन हुन सक्छ भन्ने आंकलन गरेर किन सम्वेदनशिल क्षेत्रमा प्रर्याप्त मात्रामा सुरक्षाकर्मी तैनाथ गरेन । २४ भाद्रमा विहानै देखि विरोध प्रदर्शनका लागि मानिसहरु जम्मा हुँदै थिए तर सुरक्षा निकायले सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी खटाउन सकेन वा चाहेन ? सिंहदरबारमा आगजनी हुँदा सुरक्षाकर्मी हाँ थिए ? उनीहरुले प्रत्येक मिनेटमा खबर लिईरहेका भएपनि किन सिंहदरबार बचाउनका लागि उनीहरु सक्रिय भएनन् । सिंहदरबारको सुरक्षा गर्न सिंहदरबारभित्रै सेनाको गण रहेको छ । त्यो गणका सैनिकलाई किन परिचालन गरिएन ? सिंहदरबारको आगो तीनदिनमा मात्र निभाईयो त्यसदिन किन काठमाडौ महानगरपालिकाका दमकलहरु प्रयोग गरिएन ? काठमाडौ महानगरपालिका मेयर बालेन शाहले सिंहदरबारमा लागो लगाईदिन्छु भन्दै निकै पहिला नै स्टाटर्समार्फत सरकारलाई जानकारी गराएका थिए तर सुरक्षा निकायले साहको भनाईप्रति किन चासो राखेन ? फेसबुक मार्फत स्टाटस लेखेका बालेन साहको नियन्त्रणमा रहेको काठमाडौ महानगरका दमकलहरु ३ दिनपछि जब सिंहदरबार सर्बोच्च अदालत ध्वस्त भए अनि दुनियाँलाई देखाउनका लागि मात्र दमकल प्रयोग गरियो । बालेन साहले भिडले गर्दा दमलक प्रयोग गर्न नसकिएको अभिव्यक्ति झण्डै एक महिनापछि दिएका छन् तर ललितपुर महानगरपालिका दमकल कसरी आए त ? सर्बोच्च अदालतको आगो ललितपुर महानगरपालिकाका दमकलले निभाएको हो साहको दमकलले होइन ।
भाद्र २३ र २४ को विरोध प्रदर्शन र आगजनी पछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले पदबाट राजिनामा दिईसकेपछि मुलुक सरकारविहिन अवस्थामा रह्यो । त्यसबेला स्थायी सरकार भनिने निजामतितर्फका मुख्य सचिवले समेत आफ्नो भूमिका निभाएनन् । सरकारका मुख्य सचिव, संसद सचिवालयका महासचिव सहित सरकारका सचिवहरु संसदको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको कुलिङ अफ पिरियडको विपक्षमा रहेकोले उनीहरुले अन्तिम समयमा तत्कालीन ओली सरकारलाई सहयोग गरेनन् ।
सुरक्षा निकायपनि मुख्य सचिवको पक्षमा रहेको सुरक्षा निकायको भाद्र २३ र २४ गतेको व्यवहारले देखाएको छ । भाद्र २७ गते राष्ट्रपतिबाट र संविधानको उल्लंघन गर्दै जेन–जी र बालेन साहको सिफारिसमा सर्बोच्च अदालतका पूर्व प्रधान्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो । अहिलेसम्म प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् । जेन–जीको विरोध प्रदर्शनमा प्रदर्शनकारीलाई पानी बाँड्न आएको बताउने सुदन गुरुङ कसरी एकाएक जेन–जीको नेता बने ? जेन–जीहरुका झण्डै ४० वटा समूह रहेका छन् । यी मध्येका केही समूहलाई बालेन साहले प्रयोग गरेका छन् भने केहीलाई सुदन गुरुङले प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । अहिले गुरुङले पूर्व प्रधानमन्त्री ओली र तत्कालन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी थुनामा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्की र मन्त्रीहरुलाई धम्कीको भाषा प्रयोग गरिहँदा समेत प्रधानमन्त्री कार्की मौन रहनुको अर्थ के ?
अहिलेको मन्त्रिपरिषद्मा बालेन साहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाईएकोले गर्दा मन्त्रिपरिषद्मा अर्याल नै हावी भएको र उनैको निर्देशनमा सुदन गुरुङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । फागुन २१ गते निर्वाचनको मिति घोषणा भैसकेको भएपनि आजसम्म कार्की सरकारले राजनीतिक दलहरुसँग सामान्य छलफलसम्म गर्न सकेको छैन ।
सुदन गुरुङको निर्देशन मान्न के सरकारी संयन्त्र कार्की सरकार बाध्य भएको हो त ? उच्च तहका सरकारी कर्मचारीहरुलाई निर्देशन दिने हैसियत गुरुङको कसरी भयो ? यी सबै कारणहरुले गर्दा प्रष्ट हुन्छ जेन–जीहरुलाई देखाएर अर्याल लगायतको साह र गुरुङ समूह आफ्ना स्वार्थ पूरा गर्न लागि परेका छन् भनेर । कार्की सरकारले भाद्र २३ र २४ गते भएको घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
सो आयोगको अध्यक्षमा पूर्व न्यायाधिश गौरीबहादुर कार्कीलाई राखिएकोमा त्यसको व्यापक विरोध भएको छ । कार्कीले आयोगको अध्यक्षमा नियुक्त हुनुअघि नै तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी हत्याको अभियोगमा मुद्दा चलाइनुपर्दछ भन्ने स्टाटस लेखेका थिए । उनले लेखेको प्राय सबै स्टासहरु विवादास्पद रहेकाले गर्दा उनलाई जाँचबुझ आयोगको अध्यक्षबाट हटाउनुपर्ने माग बढ्दै गएको छ भने नेपाल बारले समेत कार्कीको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ ।
सुदन गुरुङले कार्कीलाई केही दिन पहिले कार्कीले नै तयार पारि दिएको ज्ञापनपत्र बुझाएका थिए सो ज्ञापनपत्रमा ओली र लेखकलाई तत्काल पक्राउ गरी थुनामा राख्नुपर्ने माग गरे बमोजिम ज्ञापनपत्र बुझेको एक घण्टाभित्र ओली र लेखकलाई पक्राउ गर्न आयोगको अनुमति नचाहिने भन्दै विज्ञप्ति नै सार्वजनिक कार्कीले गराएका थिए ।
यी सबै कारणहरुलाई राजनीतिक दलहरुले सुक्ष्म रुपमा हेरिरहेको हुनाले र आजसम्म सरकारले राजनीतिक दलहरुसँग निर्वाचनका सन्दर्भमा कुनै छलफल, बहससम्म नगरेको हुनाले कार्की सरकार निर्वाचन भनिरहने तर निर्वाचन नगराउने पक्षमा रहेको जस्तो देखिएको छ । राजनीतिक दलहरुको सहयोग र समर्थन विना निर्वाचन असम्भव रहेको छ ।
कांग्रेस, एमाले सहितका राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु सडकमा उतारेको अवस्थामा मुलुकको अवस्था कस्तो होला ? त्यसबेला जेन–जीको सिफारिसमा प्रधानमन्त्री र मन्त्री बनेकाहरुले के सरकार धान्न सक्छन् ? यी सबै कारणहरुले गर्दा पहिला सिंहदरबार जलाउँछु भन्ने बालेन साहलाई पक्राउ गरी उनीमाथि अनुसन्धान हुनु आवश्यक रहेको छ ।
विधिशास्त्रले पनि भन्दछन् कसैले कसैलाई मार्ने धम्की दिएकमा अर्कैले मारेपनि पहिलो धम्की दिनेलाई पक्राउ गरी सोधपुछ हुनुपर्दछ भनिएको छ । यसरी पछिल्लो समयमा जेन–जीहरुलाई देखाएर मुलुक विदेशीहरुको अखडा बनाउने र राष्ट्रवादी नेताहरु र राष्ट्रवादीहरुलाई समाप्त पार्ने खेलमा जेन–जीलाई देखाएर केही व्यक्तिहरु लागि परेको हो कि भन्ने आशंका समेत उब्जिएको हुनाले जेन–जीहरु सतर्क हुनुपर्ने आवश्यकता देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports