सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो लक्ष्मीपूजाका दिन नेपालबाट १ हजार १५ मेगावट बिजुली निर्यात

780
shares

तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। दिपावली र बत्ती एक अर्काका परिपूरक हुन्।नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर थियो।

लक्ष्मीपूजाकै दिन नेपालले एक हजार १५ मेगावाट बिजुली निर्यात गरेको छ।प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो।गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो। प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ।यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ।

सोमबार राति नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी घिसिङले समग्र देशभरको विद्युत् आपूर्तिका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलगायत टोलीले विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको हो।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।विसं २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि परीक्षणका रुपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports