तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका लागि ७ दलका नेताहरूसँग छलफल गर्दै

715
shares

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ।छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि छलफल तय भएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन्।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो।कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।

छलफलका लागि सबै दललाई पत्र पठाइएकाे र फाेन गरेर समेत जानकारी गराइएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेकाे जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports